नगरको संक्षिप्त परिचय बागलुङ जिल्लाको पुर्वि क्षेत्रमा कालीगण्डकी नदीको तटवर्तिर् इलाकामा रहेका तत्कालिन कालिका, मुलपानी र लहरेपिपल गा.वि.स.लाई समायोजन गरी पहिलो पटक २०५३ साल माघ १८ गते बागलुङ नगरपालिकाको घोषणा गरिएको थियो । २०५४ सालको स्थानीय निर्वाचनबाट यसको गठन भएको हो । तत्कालिन अवस्थामा ११ वडामा विभाजित वागलुङ नगरमा परिवर्तित संघीय संरचना अनुसार नेपाल सरकारको २०७३।११।२७ को निर्णयले साविक वागलुङ नगरका छिमेकी गा.वि.स.