FAQs Complain Problems

समाचार

Pages

मेयर कप फुटवल प्रतियोगिता २०७४

बाग्लुङ नगरपालिका बाग्लुङको आयोजनामा पहिलो पटक आयोजित मेयर कप फुटवल प्रतियोगिताको मिती २०७४ साल माघ १६ गते ६८ औ शहिद दिवसका अवसरमा शुभारम्भ गरिएको छ । बाग्लुङ वजार स्थित धौलागिरी बहुमुखी क्याम्पसको प्राङ्गणमा प्रदेश सभाका माननीय सदस्यज्यूहरु, नगर प्रमुख तथा उप प्रमुखज्यू एवं कार्यपालिकाका सदस्यज्यूहरु, स्थानिय प्रशासन तथा प्रहरी एवं सुरक्षा निकायका प्रमुखज्यूहरु, जिल्ला समन्वय समितिका संयोजकज्यू एवं सदस्यहरु, पूर्व जन प्रतिनिधिज्यूहरु, स्थानीय राजनैतिक दलका प्रमुख एवं प्रतिनिधिज्यूहरु विभिन्न सघं सस्थाका प्रमुखज्यूहरु, विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख एवं कर्मचारीहरु, क्याम्पस तथा विभिन्न विधालयका प्रधानाध्यापक एवं शिक्षकहरु, विधार्थीहरु, हनुमान नाच, लाखे नाच, स्काउट, उसु, कराते, तेक्वान्दो, भजन किर्तन समुह, सामुदायिक सेवा केन्द्र, भु.पु. सैनिक संघ, सामुदायिक वन, सहकारीहरु, टोल विकास संस्थाहरु, विभिन्न जातिय तथा धार्मिक संघ सस्थाहरु लगायतका झाँकी तथा स्थानीय कला सस्कृती झल्काउने प्राकृतिक नृत्यहरु सहित वजार परिक्रमा गरि वडा नं १ स्थित धौलागिरी शहिद स्मृती पार्कमा जम्मा भई पार्कमा अवस्थित आदरणीय शहिदहरुको शालिकमा फुलमाला अर्पण गरी विर शहिदहरु प्रति सम्मान एवं श्रदान्जली अर्पण गरियो । उक्त अवसरमा नेपाल प्रहरीको एक टुकडीले शहिदहरु प्रति सलामी अर्पण गरेको थियो । तत्पश्चात लगतै खेल मैदानमा पुगी विभिन्न झाँकी तथा खेल प्रदशन गरिसकेपछि उपस्थित माननिय सदस्य ज्यूहरु, जिल्ला संयोजक ज्यू, नगर प्रमुख ज्यू, प्रमुख जिल्ला अधिकारी ज्यू, छिमेकी नगरका प्रमुख ज्यूहरु लगायतका विशिष्ट अतिथिज्यूहरुको सहभागितामा सामुहिक रुपमा वेलुन उडायर प्रथम मेयर कप फुटवल प्रतियोगिता २०७४ को शुभारम्भ गरियो ।  उक्त अवसरमा नगर उप प्रमुख श्री सुरेन्द्र खड्काले आमन्त्रीत अतिथिज्यूहरु लगायत समस्त सहभागीहरुलाई  स्वागत गर्नुभएको थियो भने नगर प्रमुख श्री जनकराज पौडेलज्यूले उद्घाटन मन्तव्य राख्नुभएको थियो ।

उद्घाटन पश्चात वाग्लुङ नगरपालिका र पालुङटार नगरपालिकाको खेल आरम्भ गरिएको थियो । उक्त खेल  कार्यक्रम माघ २१ गते सम्म सञ्चालन  हुने छ ।

poll

नगरपालिकाको काम कारबाहि तँपाईलाई कस्तो लाग्छ ?