FAQs Complain Problems

बागलुङ नगरपालिकाको आयोजनामा मेयर कप फुटबल प्रतियोगिता हुने

बागलुङ नगरपालिकाको आयोजना र जिल्ला फुटबल संघ बागलुङको संयोजनमा मिति २०७६-१०-१६ गते देखि मेयर कप प्रतियोगिता हुन लागेको छ । खेलकुद क्षेत्रको विकास र पर्यटन वर्ष २०२० लाई सफल पार्नको लागि मेयर कप प्रतियोगिताको आयोजना गरेको नगर प्रमुख जनकराज पौडेलले बताउनु भयो ।नगर प्रमुख पौडेलले खेल क्षेत्रबाट बागलुङलाई देशै भर चिनाउन र पर्यटकीय क्षेत्रको प्रचारप्रसारका निम्ति मेयर कपले महत्वपूर्ण भूमिका खेल्ने बताएउनुभयो।माघ १६ देखि २२ गतेसम्म बागलुङमा प्रतियोगितामा देशैभरका नगरपालिका, उप–महानगरपालिका र महानगरपालिका गरि करिब २० समूहको सहभागिता रहने जिल्ला फुटबल संघ बागलुङका अध्यक्ष रामराज गुरुङले जानकारी दिए ।प्रतियोगितामा प्रथम हुनेले तीन लाख, द्वितीय हुनेले दुई लाख र सेमिफाइनलमा पराजित हुने दुई समूहरले ६०/६० हजार रुपैयाँ पाउने नगरपालिकाले जनाएको छ ।सात दिनसम्म संचालन हुने प्रतियोगितामा एक लाख दर्शक र चार सय जना खेलाडी सहभागी हुने अपेक्षा गरेको बताइएको छ ।

poll

नगरपालिकाको काम कारबाहि तँपाईलाई कस्तो लाग्छ ?