FAQs Complain Problems

ग्यालरी

बागलुङ नगर कार्यपालिकाबाट  विजय  दशै दशमि, दिपावली र सम्सत चार्ड पर्वको सुखद उपल्क्षमा आयोजित शुभकामना आदान प्रदान र चियापान कार्यक्रम सम्पन्न

बागलुङ नगरपालिकाको तेस्रो नगरसभा समक्ष नगर उपप्रमुख श्री सुरेन्द्र खड्काद्धारा प्रस्तुत 
वजेट तथा कार्यक्रम
सम्मानीत सभाका अध्यक्ष महोदय,
    सभामा सहभागि सदस्यज्यूहरु र आम नगरवासी दाजुभाई तथा दिदिवहिनीहरु र आमसञ्चारकर्मि मित्रहरु ।
    प्रथमतः लामो समयदेखि केन्द्रिकृत शासन प्रणाली र व्यवहारको प्रयोगले आर्थिक, सामाजिक तथा साँस्कृतिक विकासवाट बञ्चित भएको वर्ग, तह र समुदायलाई राष्ट्र विकासको मूलधारमा ल्याउनका लागि अवलम्वन गरिएका राष्ट्रिय तथा स्थानीय नीतिमा आधारित रहि सहस्राव्दी विकास लक्ष्य, राष्ट्रिय लक्ष्य अनुरुपका उपलव्धी हाँसिल गर्दै नतिजा मूलक परिणाम निकाल्ने दिशामा हाम्रा नीति कार्यक्रम र बजेट लक्षित हुनेछन् भन्ने व्यहोरा सम्मानित सभा समक्ष राख्न चाहन्छु । 
सम्मानीत सभाका अध्यक्ष महोदय,
    आगामी आ.व. २०७५।०७६ का लागि नेपालको सविंधान, स्थानीय सरकार सञ्चालन ऐन २०७४ र समय, समयमा नेपाल सरकारवाट जारी गरिएका नियम, कानून र निर्देशिका तथा कार्यविधि वमोजिमका प्रकृयालाई अवलम्बन गरी नगर प्रमुखज्यूवाट सम्मानित सभासमक्ष प्रस्तुत भै पारित भएका स्थानीय नीति तथा कार्यक्रमलाई मुख्य आधार वनाई सहभागिता मुलक ढंगले वजेट तथा कार्यक्रम तर्जुमा गर्ने अधिकतम प्रयास गरिएको छ । यस गरिमामय सभामा नगर प्रमुखज्यूद्धारा मिति २०७५।३।११ मा सम्मानित नगर सभा समक्ष प्रस्तुत नीति तथा कार्यक्रमहरुले निर्दिष्ट गरेका लक्ष र उद्धेश्यवाट प्राप्त मार्ग दर्शन, सहस्राब्दी विकास लक्ष्य र दीगो विकासका लक्ष्य, क्षेत्रगत राष्ट्रिय नीतिहरु एवं योजना तर्जुमाका क्रममा विभिन्न तहबाट प्राप्त हुन आएका सुझावहरु, विगत तथा चालु आ.व. का नीति तथा कार्यक्रम कार्यान्वयनवाट प्राप्त उपलव्धीहरु समेतका आधारमा आगामी आ.व. का लागि प्रस्तुत बजेट तथा कार्यक्रम तयार गरिएको छ । यस नीति, कार्यक्रम तथा बजेटको कार्यान्वयनबाट नगरपालिकाले लक्षित गरेका उद्देश्यहरु हासिल गर्नुका साथै राष्ट्रिय विकासका लक्ष्य हासिल गर्न समेत टेवा पुग्न जाने विश्वास लिइएकोछ ।
    स्थानीय श्रोत साधनको परिचालनलाई प्रभावकारी बनाउन करको दायरा फराकिलो पार्ने, एकीकृत सम्पत्ति कर, वहाल कर व्यवसाय कर जस्ता कर राजश्वलाई प्रमुख आधारको रुपमा लिई अन्य करहरुलाई बस्तुगत बिश्लेषणका आधारमा समेटदै र परिमार्जन गर्दै जाने, कर प्रशासनलाई  सूचना प्रबिधिमा आधारित र कर असुलि प्रकृयालाई सरल र करदातामैत्री  बनाउदैं लगिने ब्यवस्था मिलाइने छ । आ.व. २०७५।०७६ का लागि करका दरहरु आर्थिक विधेयक २०७५ मा प्रस्ताव गरिएकोछ । 
    हाम्रा विकासका कार्ययोजना र बिकासमा नगरबासीको अपनत्व कायम हुनु पर्दछ भन्ने मान्यताका साथ नगरबासीको उच्च र सार्थक सहभागितामा आधारित स्थानीय स्रोत साधन तथा सिप र प्रबिधिको भरपूर उपयोगमा आधारित बिकास योजनामा जोड दिंदै सम्पन्न योजनाको मर्मत संभारको जिम्मा स्थानीय उपभोक्तालाई दिने ब्यवस्थालाई संस्थागत गर्दै सक्षम बनाउन आवश्यक ब्यवस्था मिलाइनेछ । 
    नगरका ठुला पुर्वाधार आयोजना तथा एकै प्रकृतिका आयोजनाहरुलाई स्थान बिशेषको आधारमा क्षेत्र विभाजन गरी फरक फरक निर्माण ब्यवसायी मार्फत निर्माण कार्य गराउंदा समयमै योजना संपन्न गर्न सहयोग पुग्ने गरि त्यसको लागि  आवश्यक व्यवस्था अवलम्वन गर्ने विगतको नीतिलाई आ.व. २०७५।०७६ का योजना तथा कार्यक्रम कार्यान्वयनमा पनि उत्तिकै प्राथमिकता दिईनेछ । आ.ब. को अन्त्यतिर आएर हतारमा काम गर्ने र कामको गुणस्तर पनि न्यून हुने साथै केन्द्र तथा प्रदेश सरकारवाट प्राप्त अनुदान समेतको अधिकतम उपयोगमा समस्या हुन जाने भएकोले त्यस्तो कार्य संस्कृतिमा सुधार गरि सबै योजनाहरुको कार्यान्वयनको कार्ययोजना बनाइ समयमै योजना संपन्न गर्ने ब्यवस्था मिलाइनेछ ।
सम्मानीत सभाका अध्यक्ष महोदय,
आगामी आ.व. २०७५।०७६ को नीति, कार्यक्रम तथा वजेट प्रस्तुत गर्नु भन्दा पहिले गत आ.व. २०७३÷०७४ को यथार्थ आय व्यय एवं चालु आ.व. २०७४÷०७५ को संशोधित आय व्यय सम्बन्धी संक्षिप्त विवरण प्रस्तुत गर्न चाहन्छु  ।
गत आ.व.२०७३÷०७४ मा आन्तरिक आय तर्पm रु १,३९,२९,९२१।– (एक करोड उनान्चालिस लाख उनान्तिस हजार नौसय एक्काईस रुपैया) राजश्व वाँडफाँडवाट रु ५०,६०,६२०।– (पचास लाख साठी हजार छ सय विस रुपैया ) नेपाल सरकारवाट प्राप्त रु १३,११,८५,७२८।– (तेह«  करोड एघार लाख पचासी हजार सातसय अठ्ठाईस रुपैया) गरी जम्मा रु  १५,०१,७६,२६९।– ( पन्ध्र करोड एक लाख छहत्तर हजार दुईसय उनान्सत्तरी रुपैया) यथार्थ आय भएको र क्षेत्रगत विनियोजनका आधारमा सोहि वर्ष चालु खर्च तर्पm रु १,७६,०४,६४२।– (एक करोड छहत्तर लाख चार हजार छ सय वयालिस रुपैया) र पुंजि तर्पm रु ८,९७,११,००२।–  (आठ करोड सन्तानव्वे लाख एघार हजार दुई रुपैया) यथार्थ खर्च भै जम्मा रु  १,२१,९४,३७५।– (एक करोड एक्काइर्स लाख चौरानव्वे हजार तिनसय पचहत्तर रुपैया) चालु आ.व.मा जिम्मेवारी सरी आएकोछ । 
सम्मानीत सभाका अध्यक्ष महोदय,
अव म चालु आ.व. २०७४÷२०७५ का लागि संशोधित आय व्यय विवरण तथा कार्यक्रमहरु संक्षेपमा प्रस्तुत गर्न चाहन्छु । 

आ.व. २०७४।०७५ मा,
ड्ड    स्थानीय कर दस्तुर तथा सेवा शुल्क तर्पm रु २,००,७७,०००।– (दुई करोड सतहत्तर हजार रुपैया), 
ड्ड    राजश्व वाँडफाँड तर्पm १,६५,००,०००।– (एक करोड पैंसठ्ठी लाख रुपैया), 
ड्ड    केन्द्रीय अनुदान तर्पm निशर्त अनुदान २५,२६,९६,०००।– (पच्चिस करोड छव्विस लाख छयानव्वे हजार रुपैया),
ड्ड    वित्तिय समानीकरण तर्पm रु २४,८९,१७,०००।– (चौविस करोड उनानव्वे लाख सत्र हजार रुपैया), 
ड्ड    प्रदेश सरकारवाट प्राप्त अनुदान ३,५६,१७,०००।– (तीन करोड छपन्न लाख सत्र हजार रुपैया), 
ड्ड    सडक वोर्ड कार्यक्रम तर्पm रु ५५,७१,०००।– (पचपन्न लाख एकहत्तर  रुपैया), 
ड्ड    शहरी स्वास्थ्य केन्द्र सञ्चालन तर्पm रु १२,४८,०००।– (वाह्र लाख अठचालिस हजार रुपैया), 
ड्ड    सामाजिक सुरक्षा तर्पm रु १०,००,००,०००।–  (दश करोड रुपैया), 
ड्ड    सौर्य सडक वत्ति जडान तर्पm रु १०,००००००।–(एक करोड रुपैया),
ड्ड    शहरी गरिवि न्युनिकरण कोष लगायतका आन्तरिक कोष परिचालन तर्पm रु ४६,००,०००।– (छयालिस लाख रुपैया), गरी 
ड्ड    जम्मा रु ६९,२३,१७,०००।– (उनान्सत्तरी करोड तेईस लाख सत्र हजार रुपैया) मात्र  आय हुने अनुमान प्रस्ताव गरिएकोमा 
चालु वर्षमा 
ड्ड    स्थानीय कर दस्तुर तर्पm रु २,२२,००,०००।–(दुई करोड बाइस लाख रुपैया)
ड्ड    राजश्व वाँडफाँड (मालपोत) तर्पm रु २२,८०,५१९.।– (बाइस लाख असी हजार पाँचसय उन्नाइस रुपैया )
ड्ड    केन्द्र सरकारवाट प्राप्त हुने वित्तिय समानीकरण अनुदान तर्पm रु २५,२६,९६,०००।– (पच्चीस करोड छव्वीस लाख छयानव्वे हजार रुपैया )
ड्ड    सशर्त अनुदान तर्पm रु २४,८९,१७०००।– (चौवीस करोड उनानव्वे लाख सत्र हजार रुपैया )
ड्ड    माझी वस्ती पुनःस्थापना तर्पmको ऋृण तथा अनुदानमा रु ३९,५९,१४३।– (उनान्चालीस लाख उनान्साठी हजार एक सय त्रीचालीस रुपैया )
ड्ड    स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम तर्पm रु ३१,४२,०००।–(एकतीस लाख वयालीस हजार रुपैया )
ड्ड    सडक वोर्ड कार्यक्रम तर्पm रु ३२,१८,३२५।– (वत्तीस लाख अठार हजार तीन सय पच्चीस रुपैया )
ड्ड    शहरी स्वास्थ्य केन्द्र सञ्चालन तर्पm रु १५,९०,६५०।– (पन्ध्र लाख नव्वे हजार छ सय पचास रुपैया )
ड्ड    सामाजिक सुरक्षा तर्पm रु १२,८७,७६,०००।–(वाह्र करोड सतासी लाख छयहत्तर हजार रुपैया )
ड्ड    गरिवि न्युनिकरण कोषतर्पm रु ४६,००,०००।– (छयालीस लाख रुपैया)
ड्ड    अन्य विभिन्न शिर्षक तर्पm रु २५,२९,०००.।– (पच्चीस लाख उनान्तीस हजार रुपैया ) गरी 
ड्ड    जम्मा रु ६७,३९,०८,६३७।– (सतसठ्ठी करोड उनान्चालीस लाख आठ हजार छ सय सैतीस रुपैया ) को संशोधित आय अनुमान प्रस्ताव गरिएको छ । 

सम्मानीत सभाका अध्यक्ष महोदय,
आ.व. २०७४।०७५ का लागि गरिएको अनुमानित आयका आधारमा नगरको समग्र लगानीलाई प्रशासन संगठन तथा संस्थागत विकास, शहरी पूर्वाधार विकास, आर्थिक तथा सामाजिक विकास, स्वास्थ्य सरसफाई तथा वातावरण,  र राजश्व परिचालन तथा व्यवस्थापन, सामाजिक सुरक्षा वृत्ति समेतका क्षेत्रमा विभाजन गरी क्षेत्रगत नीति तथा कार्यक्रमका आधारमा क्षेत्रगत विनियोजनको व्यवस्था मिलाईएको छ । 
ड्ड    चालु आ.व. २०७४।०७५ को कुल संशोधित अनुमानीत आय रु ६७,३९,०८,६३७।–(सतसठ्ठी करोड उनान्चालीस लाख आठ हजार छ सय सैतीस रुपैया ) मध्ये 
ड्ड    नगर कार्यपालिका र वडा कार्यालय सञ्चालन सेवा, तथा अनुदान समेतको उपभोग खर्चमा रु ७,०७,२०,०००।– (सात करोड सात लाख वीस हजार रुपैया )
ड्ड    संस्थागत पुंजि निर्माणमा रु १,२३,००,०००।–(एक करोड तेइस लाख रुपैया ) विनियोजन गरिएको छ । 
ड्ड    शिक्षा स्वास्थ्य कृषि तथा पशु विकास तर्पm रु २४,८९,१७,०००।–    (चौवीस करोड उनानव्वे लाख सत्र हजार रुपैया )
ड्ड    नगरका मुख्य मुख्य सडकहरु खानेपानी पर्यटन खेलकुद सामाजिक समावेशिकरण समेत तर्पm रु २०,४३,०६,३१२।– (वीस करोड त्रीचालीस लाख छ हजार तीनसय बाह रुपैया)
ड्ड    सडक बोर्ड तर्फ रु ३२,१८,३२५।– (बत्तीस लाख अठार हजार तीनसय पच्चीस रुपैया )
ड्ड    सामाजिक सुरक्षा भत्ता वितरण तर्पm रु १२,८७,७६,०००।– (बाह्र करोड सतासी लाख छयहत्तर हजार रुपैया )
ड्ड    शहरी गरिवि न्युनिकरण तर्पm ४६,००,०००।–(छयालीस लाख रुपैया )
ड्ड    स्थानीय शासन तथा सामुदायिक विकास तर्पm ३१,४२,०००।– (एकतीस लाख वयालीस हजार रुपैया )
ड्ड    अन्य विभिन्न  शिर्षक तर्पm रु २५,२९,०००।– (पच्चीस लाख उनान्तीस हजार रुपैया ) गरी 
ड्ड    जम्मा रु ६७,३९,०८,६३७।– (सतसठ्ठी करोड उनान्चालीस लाख आठ हजार छ सय सैतीस रुपैया )को संशोधित व्यय अनुमान प्रस्ताव गरिएको छ । 
सम्मानीत सभाका अध्यक्ष महोदय,
अव म आगामी आ.व. २०७५÷०७६ लागि अनुमानीत आय, विवरण  संक्षेपमा प्रस्तुत गर्न चाहन्छु ।
ड्ड    आन्तरिक राजश्व परिचालनका विभिन्न कर तथा गैर कर राजश्वका शिर्षकहरु तर्पm रु ६,००,००,०००।– (छ करोड रुपैया )
ड्ड    संघीय सरकारवाट प्राप्त हुने वित्तिय समानीकरण अनुदान तर्पm रु १५,६६,००,०००।–(पन्ध्र करोड छैसठ्ठी लाख रुपैया )
ड्ड    शिक्षा स्वास्थ्य कृषि पशु विकास तथा महिला वालवालिका तर्पmका सशर्त र्काक्रममका लागि रु ३३,७६,००,०००।– (तेत्तीस करोड छयहत्तर लाख रुपैया ) र
ड्ड    राजश्व वाँडफाँड तर्पm रु १२,३०,१०,०००।– (बाह्र करोड तीस लाख दश हजार रुपैया ) गरी केन्द्र सरकारवाट जम्मा रु ६२,७२,१०,०००।– (बैसठ्ठी करोड वहत्तर लाख दश हजार रुपैया )
ड्ड    प्रदेश सरकारवाट प्राप्त हुने वित्तिय समानीकरण अनुदान तर्पm रु १,२९,९०,०००।–(एक करोड उनान्तीस लाख नव्वे हजार रुपैया )
ड्ड    राजश्व वाँडफाँड तर्पm रु ७,००,००,०००।– (सात करोड रुपैया ) गरी 
ड्ड    प्रदेश सरकारवाट प्राप्त हुने जम्मा रु ८,२९,९०,०००।–(आठ करोड उनान्तीस लाख नव्वे हजार रुपैया )
ड्ड    शहरी गरिवि न्युनिकरण कोष परिचालन तर्पm रु ४८,००,०००।–     (अठचालीस लाख रुपैया )
ड्ड    सडक वोर्ड कार्यक्रम तर्पm रु ५५,७१,०००।–(पचपन्न लाख एकहत्तर हजार रुपैया )
ड्ड    सामाजिक सुरक्षा तर्पm रु १५,००,००,०००।–,(पन्ध्र करोड रुपैया )
ड्ड    आगामी वर्षका लागि दायित्व सरेर जाने रकम रु १,८१,१५९६९।–    (एक करोड एकासी लाख पन्ध्र हजार नौसय उनान्सत्तरी रुपैया )
ड्ड    वस पार्क निर्माणका लागि नगर विकास कोषवाट प्राप्त हुन ऋण तर्पm रु ९,७९,७५,८९८।– (नौ करोड उनासी लाख पचहत्तर हजार आठसय अन्ठानव्वे रुपैया ) र वसपार्क निर्माण अनुदान तर्पm रु २८,८९,७३०।–(अठ्ठाईस लाख उनानव्वे हजार सात सय तीस रुपैया ) गरी ऋृण तथा अनुदान तर्पm रु १०,०८,६५,६२८।– (दश करोड आठ लाख पैसठ्ठी हजार छ सय अठ्ठाईस रुपैया ) समेत गरी 
ड्ड    आगामी आ.व.२०७५।०७६ का लागि कुल १,०३,९५,५२,५९७।– (एक अर्ब तीन करोड पन्चानव्वे लाख बाउन्न हजार पाँच सय सन्तानव्वे) रुपैया आय अनुमान प्रस्ताव गरिएको छ ।
सम्मानीत सभाका अध्यक्ष महोदय,
आ.व. २०७५।०७६ का लागि गरिएको अनुमानित आयका आधारमा नगरको समग्र लगानीलाई आर्थिक विकास, सामाजिक विकास, भौतिक पुर्वाधार विकास, वन वातावरण तथा विपद व्यवस्थापन र सुशासन तथा संस्थागत विकास, सामाजिक सुरक्षा वृत्ति समेतका क्षेत्रमा विभाजन गरी क्षेत्रगत नीति तथा कार्यक्रमका आधारमा क्षेत्रगत विनियोजनको व्यवस्था मिलाइएको छ। 
सम्मानीत सभाका अध्यक्ष महोदय,
अव म आगामी आ.व. २०७५।०७६ को कुल अनुमानीत आय रु १,०३,९५,५२,५९७।–(एक अर्ब तीन करोड पन्चानव्वे लाख बाउन्न हजार पाँचसय सन्तानव्वे रुपैया ) मध्येवाट 
ड्ड    नगर कार्यपालिका र वडा कार्यालय सञ्चालन, फर्निसिङ फिनिसिङ र मेशिनरी औजार खरिद अध्ययन अनुसन्धान समेतका कार्य तर्पm रु ११,६४,००,०००।– (एघार करोड चौसठ्ठी लाख रुपैया ), 
ड्ड    कृषिवाली तथा वागवानी विकास कार्यक्रमका लागि रु ५५,२०,०००।       (पचपन्न लाख विस हजार रुपैया),
ड्ड    पशु विकासका कार्यक्रमका लागि रु ३३,५०,०००। (तेत्तिस लाख पचास हजार रुपैया), 
ड्ड    उद्यम तथा रोजगार प्रवर्धन एवं गरिवि न्यूनिकरण कार्यक्रम,समेतका लागि रु १,२०,००,०००।– (एक करोड वीस लाख रुपैया), 
ड्ड    पर्यटन प्रवद्र्धन तर्पm रु ८०,००,०००।– (असि लाख रुपैया) गरी
ड्ड    आर्थिक विकास तर्पm रु २,८९,००,०००।– (दुई करोड उनानव्वे लाख रुपैया), 
ड्ड    नगर खानेपानी आयोजना तर्पm रु २,००,०००००।– (दुई करोड रुपैया),
ड्ड    शिक्षा विकास र सुधारका कार्यक्रमका लागि ८०,००,०००।– (असिलाख रुपैया), 
ड्ड    जनस्वास्थ्य कार्यक्रमका लागि रु ३५,००,०००।– (पैतिस लाख रुपैया), 
ड्ड    युवा तथा खेलकुद विकास कार्यक्रम तर्फ मेयर कप फुटबल कार्यक्रम समेतका लागि, १,००,००,०००।– (एक करोड रुपैया), 
ड्ड    महिला वालवालिका दलित जनजाती लगायतका लक्षित वर्ग कार्यक्रमका लागि सामाजिक समावेशिकरण तथा कला संस्कृति तर्पm  रु ५०,००,०००।–    (पचास लाख रुपैया), 
ड्ड    जनता सुरक्षित आवास कार्यक्रम र अन्य कार्यक्रम तर्पm गरी रु २०,००,०००।– (वीस लाख रुपैया),
ड्ड    स्थानीय कला संस्कृतिको संरक्षण तर्पm रु ५६,००,०००। (छपन्न लाख रुपैया), 
ड्ड    सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रमका लागि रु १५,००,००,०००। (पन्ध्र करोड रुपैया) गरी 
ड्ड    सामाजिक विकास तर्पm रु २०,९२,००,०००। (वीस करोड वयानव्वे लाख रुपैया) विनियोजनको व्यवस्था मिलाइएको छ । 
ड्ड    त्यसैगरी वडा नंं ४ मा आधुनिक वसपार्क निर्माणका लागि रु १०,२३,६५,६२८।– (दश करोड तेईसलाख पैसठ्ठी हजार छ सय अठ्ठाईस रुपैया), 
ड्ड    सडक निर्माण स्तरोन्नती तथा कालोपत्रे समेतका लागि रु १३,०४,७१,०००।–  (तेह« करोड चार लाख एकहत्तर हजार रुपैया), 
ड्ड    भवन निर्माण एवं सडक सुरक्षा तथा सडक वत्ति जडान मर्मत तर्पm रु २७,००,०००। (सत्ताईस लाख रुपैया) गरी 
ड्ड    पुर्वाधार विकास तर्पm जम्मा रु २३,५५,३६,६२८। (तेईस करोड पचपन्न लाख छत्तिस हजार छ सय अठ्ठाईस रुपैया) विनियोजन गरिएको छ  भने 
ड्ड    बागलुङ नगरपालिकाको फोहोर मैला व्यवस्थापन, हरियाली प्रवद्र्धन र विपद व्यवस्थापन जस्ता कार्यक्रमलाई रु ३८,००,०००। (अठतिस लाख रुपैया) समेत गरी कुल रु १,०३,९५,५२,५९७।– (एक अर्व तीन करोड पञ्चानव्वे लाख वाउन्न हजार पाँच सय सन्तानव्वे रुपैया) को व्यय हुने गरि क्षेत्रगत वाँडफाँड को व्यवस्था मिलाईएको छ । 
ड्ड    आय तथा व्ययको विस्तृत विवरण अनुसूचीहरुमा उल्लेख गरिएको छ ।

सम्मानीत सभाका अध्यक्ष महोदय,
आ.व. २०७५।०७६ का लागि केन्द्र सरकारवाट प्राप्त हुने सशर्त अनुदान तर्पmको रकमवाट 
ड्ड    शिक्षा युवा तथा खेलकुद विकासको साधारण तथा भौतिक पुर्वाधार विकास समेतमा रु २८,५९,८७,०००। (अठ्ठाईस करोड उनान्साठी लाख सतासी हजार रुपैया),
ड्ड    जनस्वास्थ्य सेवा सञ्चालन तथा प्रवद्धन तर्पm रु ३,५३,३७,०००। (तिन करोड त्रिपन्न लाख सैतिस हजार रुपैया), 
ड्ड    महिला वालवालिका तथा सामाजिक समावेशिकरण कार्यक्रम तर्पm रु २५,०६,०००। (पच्चिस लाख छ हजार) रुपैया, 
ड्ड    आयुर्वेद औषधालय सञ्चालन तर्पm ६४,५७,०००। (चौसठ्ठी लाख सन्ताउन्न हजार रुपैया),
ड्ड    कृषि तथा पशु विकास कार्यक्रम तर्पm रु ४१,९६,०००। (एकचालिस लाख छयानव्वे हजार रुपैया), 
ड्ड    युवा विकास तर्पm ८,८२,०००। (आठलाख वयासी हजार रुपैया) ,
ड्ड    ग्रामिण उर्जा विकास कार्यक्रम तर्पm रु १०,८२,०००। (दश लाख वयासी हजार रुपैया) गरी जम्मा रु ३३,७६,००,०००। (तेत्तिस करोड छहत्तर लाख रुपैया) खर्च अनुमान प्रस्ताव गरिएको छ । 
सम्मानीत सभाका अध्यक्ष महोदय,
चालु आ.व.२०७४।७५ का लागि ठुला पुर्वाधार आयोजनामा स्वीकृत रकम मध्ये सार्वजनिक घटिघटाउ गर्दा वाँकी हुन आएको रकम रु १,८१,१५,९६९।– (एक करोड एकासी लाख पन्ध्र हजार नौ सय उनान्सत्तरी रुपैया) आगामी आ.व. मा स्थानीय सञ्चित कोषमा व्ययभार हुनेगरी तत्तत् आयोजनाहरुमा खर्च गर्ने गरी सम्मानित सभा समक्ष प्रस्तुत गर्न चाहन्छु ।
सम्मानीत सभाका अध्यक्ष महोदय,
आगामी आ.व.२०७५।०७६ को वार्षिक नीति तथा कार्यक्रमले निर्देशित गरे वमोजिम यस वजेट तथा कार्यक्रममा समावेश गरिएका केहि महत्वपुर्ण पक्षलाई संक्षेपमा प्रस्तुत गर्न चाहन्छु । 
    नगरको गरिविलाई न्युनिकरण गर्दै लैजाने हेतुले स्थापना र सञ्चालन गरिएको शहरी गरिवि न्युनिकरण कोषको रकमलाई आगामी आ.व.देखि सञ्चालनमा ल्याईने “गरिवसंग मेयर ऋृषिराम शर्मा” कार्यक्रममा समाहित गरी कुल रु ८०,००,०००। (असी लाख रुपैया) को कोष खडा गरिने छ र उक्त कोषलाई आर्थिक विकासको दृष्टिले पछि रहेका नगरवासीहरुको अधिकतम हितमा परिचालन गरी नगरको गरिविलाई क्रमशः घटाउदै लैजाने गरी ठोस उपलव्धीमुलक कार्य योजनाका आधारमा कोष परिचालन गरिनेछ 
    कृषि तथा पशुजन्य  उत्पादनलाई आधुनिक र व्यवसायिक उत्पादन प्रणालीमा लैजानका लागि केहि विशिष्टिकृत कार्ययोजना सञ्चालन गर्ने गरी वजेट तथा कार्यक्रम निर्धारण गरिएको छ । 
    “गोविन्द अधिकारी व्यवसायिक शिक्षा छात्रवृत्ति कार्यक्रम” सञ्चालन गरी युवा शक्तिलाई प्राविधिक तथा व्यवसायिक शिक्षा तर्पm उन्मुख गराउने प्रयास गरिएको छ ।
    “भगत सर्वजित विश्वकर्मा सिप तथा रोजगार प्रवर्धन कार्यक्रम”सञ्चालन गरी रोजगारी तथा स्वरोजगारी प्रवद्र्धनमा विशेष जोड दिईनेछ । 
    “जनता सुरक्षित आवास कार्यक्रम” सञ्चालन गरी न्युन आय भएका सदियौं देखि खरको छानामुनि जीवन विताई रहेका विपन्न नागरिकहरुलाई टिनको छानामुनि ल्याउनका लागि सहुलियतपुर्ण कार्यक्रम सञ्चालन गरिनेछ । 
    विद्यालय र शिक्षकको संख्याको अनुपातमा विद्यार्थिहरु नभएका विद्यालयहरुलाई मर्ज गरी नमुना विद्यालय सञ्चालनका साथै पठन पाठन तथा विद्यालयको संस्थागत सुधारका कार्यक्रम सञ्चालन गरिनेछ । 
    नगरका सवै वडा केन्द्रसम्म सरल र सहज पहुंचका लागि वडा केन्द्रसम्म पक्की सडक विस्तार गर्ने लक्ष अनुरुप वडा नंं ५,६,७,१३ र १४ केन्द्रमा पक्की सडक पु–याउने लक्ष्यका साथ वजेट विनियोजनको व्यवस्था मिलाईएको छ भने वडा नंं ८,९,१०,११ र १३ को केन्द्रसम्म पुग्ने सडक सुधार विस्तारमा जोड दिईएकोछ । 
    आ.व. २०७५।०७६ का लागि आन्तरिक राजश्व तर्पm अनुमान गरिएको लक्ष्य प्राप्तीका लागि विभिन्न कर राजश्व तथा गैरकर राजश्व छल्ने प्रवृत्तिलाई निरुत्साहित गरी असुलिमा स्थलगत अनुगमन तथा प्रत्यक्ष अवलोकन गर्ने कार्यविधि अपनाईनेछ । 
    नगरमा सञ्चालित सवै प्रकारका योजना तथा कार्यक्रमहरुको कार्यान्वयन गर्दा पुर्व सम्भाव्यता अध्ययन संझौता अनुगमन सार्वजनिक परिक्षण र अनुगमन मुल्यांकन गरी अन्तमा फरफारक गर्ने प्रकृया अवलम्वन गरी योजना कार्यान्वयन तथा अनुगमन प्रकृयालार्ई प्रभावकारी वनाईनेछ ।
    वडास्तरीय योजनाका लागि एकमुष्ठ ७,००,००,०००।– (सात करोड रुपैया) विनियोजन गरिएकोछ ।
    केन्द्र सरकार र प्रदेश सरकारसंगको सह लगानीमा सञ्चालित आयोजनाहरुका लागि एकमुष्ठ रु २,००,००,०००।– (दुई करोड रुपैया)को व्यवस्था मिलाईएकोछ । 
    आ.व. २०७५।०७६ का लागि आय व्यय विवरण निर्दिष्ट गरिएका योजना तथा कार्यक्रम र विनियोजन गरिएको वजेट रकमको विस्तृत विवरण खर्च सम्वन्धी प्रस्ताव २०७५ मा प्रस्तुत गरिएकोछ । 
    नगरपालिकाबाट नगरवासीहरुलाई उपलव्ध गराईने सेवा सुविधालाई चुस्त दुरुस्त, प्रभावकारी, पारदर्शी, सरल र सहज ढंगबाट उपलव्ध गराउने व्यवस्था मिलाई सुशासन प्रवद्र्धनमा विशेष जोड दिइनेछ । 

सम्माननीत सभाका अध्यक्ष महोदय,
    कुनै एक क्षेत्रको विकासले मात्र समग्र नगरपालिकाको विकास हुन नसक्ने वस्तुगत यथार्थतालाई मनन गर्दै योजना तथा कार्यक्रम तयार गर्दा सवै क्षेत्रलाई समेट्ने प्रयास गरिएको छ । यसबाट सवै क्षेत्रको सन्तुलित विकासमा टेवा पुग्न जाने विश्वास लिईएको छ । सीमित श्रोत र साधनबाट दिगो र ठोस उपलव्धि हाँसील होस भन्ने उद्धेश्यले आवश्यकताका आधारमा रकम विनियोजन गर्ने प्रयास गरिएको छ । योजना तर्जुमा गर्नु मात्र महत्वपूर्ण विषय होईन, यसको लक्ष्य एवं उद्देश्य प्राप्तीका लागि प्रभावकारी कार्यान्वयन एवं अनुगमन, मूल्याकंन तथा यथार्थ उपलव्धीको नजिक पुग्नसक्नु महत्वपुर्ण कुरा हो । उपरोक्त वजेट नीति, तथा कार्यक्रम कार्यान्वयनमा सम्पूर्ण नगरवासीहरु एवं सम्बद्ध सवै पक्षहरुबाट सकारात्मक सहयोग, सल्लाह, सुझाव एवं सिर्जनात्मक आलोचना र पृष्ठपोषण प्राप्त हुने विश्वास लिएकोछु ।
अन्त्यमा प्रस्तुत नीति, कार्यक्रम तथा बजेट तर्जुमा गर्ने चरणमा प्रत्यक्ष वा परोक्ष रुपमा सहयोग पु¥याउनु हुने नगर प्रमुखज्यू, वजेट तथा कार्यक्रम तर्जुमा समितिका सदस्यहरु, कार्यापालिकाका सदस्यहरु र प्रमुख प्रशासकीय अधिकृत, वजेट तथा कार्यक्रम तर्जुमा समितिका सचिव र यस विषयमा प्रत्यक्ष वा अप्रत्यक्ष तवरले संलग्न भै सहयोग गर्नुहुने सवै राष्ट्रसेवक कर्मचारीहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।    
धन्यवाद ।
 सुरेन्द्र खड्का
नगर उप प्रमुख
वागलुङ नगरपालिका वागलुङ

मिति २०७५ साल आषाढ २१ गते रोज ५ 
                                
            

मिति २०७३-२-१४ गते ,शुत्रबार ,बागलुङ नगरपालिकालाई पूर्ण साक्षर बागलुङ नगरपालिका धोषणा गरियो ।

मिति २०७३-२-४ गतेससूचना सञ्चार तथा प्रविधि सम्बन्धी अभुमुखीकरण कार्यक्रम समपन्न भएको छ ।

बागलुङ नगरपालिका कार्यालय बागलुङ बाट गत आर्थिक बर्षमा यस नगरपालिका वडा नं. १ मा सम्पन्न गरेका योजना तथा कार्यक्रम र नगरपालिकाको समग्र सेवा प्रवाहको विषयमा सार्वजनिक सुनुवाई कार्यक्रम अाज मिति २०७२-७-२४ वडा समितिको कार्यालय  बा.न.पा. १,रामरेखा बागलुङ   मा सम्पन्न भएको छ  ।

आज मिति २०७२-४-२० गते बगलुङ नगरपालिकाको आ.व.०७१ -०७२ को वार्षिक समीक्षा कार्यकम सम्पन्न 

फोहोर मैला व्यवस्थापन तालिम (Wastage Management Program )

नगरको संक्षिप्त परिचय बागलुङ जिल्लाको पुर्वि क्षेत्रमा कालीगण्डकी नदीको तटवर्तिर् इलाकामा रहेका तत्कालिन कालिका, मुलपानी र लहरेपिपल गा.वि.स.लाई समायोजन गरी पहिलो पटक २०५३ साल माघ १८ गते बागलुङ नगरपालिकाको घोषणा गरिएको थियो । २०५४ सालको स्थानीय निर्वाचनबाट यसको गठन भएको हो । तत्कालिन अवस्थामा ११ वडामा विभाजित वागलुङ नगरमा परिवर्तित संघीय संरचना अनुसार नेपाल सरकारको २०७३।११।२७ को निर्णयले साविक वागलुङ नगरका छिमेकी गा.वि.स. मालिका, वडा नं- ६ वाहेकको सिगाना, तित्याङ, भकुण्डे, रायडाँडा, अमलाचौर, पैंयुपाटा, नारायणस्थान र पालाको उत्तरी खण्ड वडा नं- ६,७,८ र ९ समावेश गरी नगरको क्षेत्र विस्तार गरी हाल वागलुङ नगरपालिका क्षेत्रलाई १४ वटा वडामा विभाजन गरिएको छ । वडा नं. १,२,३ र ४ मुख्य बजार क्षेत्रमा रहेका छन् भने धौलागिरीको एकमात्र वलेवा हवाई मैदान संगसंगै रहेको वडा नंं १४ नारायणस्थान, शहरी विकासका लागि पर्याप्त सम्भावना वोकेको क्षेत्र हो । वागलुङ नगर प्रदेश नं- ४ को दोश्रो ठुलो शहरी क्षेत्रको रुपमा रहेको छ । यो नगर भौगोलिक दृष्टिकोणले झण्डै झण्डै मध्य नेपालमा पर्ने पहाडी जिल्ला बागलुङको पूर्वी इलाकामा प्रसिद्ध कालीगण्डकीको तटमा अवस्थित छ । कालीगण्डकीको तटवर्तीर् इलाकामा धौलागिरी हिमालको छविछाँयामा २८ डिग्री ११ मिनेट देखि २८ डिग्री २० मिनेट उत्तरी अक्षांश र ८३ डिग्री ३२ मिनेट देखि ८३ डिग्री ३८ मिनेट पूर्वी देशान्तरमा ९८ डिग्री ०१ मिनेट वर्ग कि.मि. क्षेत्रफलमा रहेको बागलुङ नगरक्षेत्र " माछिचरन देखि डाफेचरन " सम्म फैलिएको छ । बागलुङ नगरपालिका समुन्द्री सतहवाट ७९५ मिटरदेखि करिव २,१५० मिटर सम्मको उचाईमा अवस्थित छ । हाल वागलुङ नगरको जनसंख्या ५७,८२३ छ जसमध्ये पुरुष २६४८० र महिला ३३३२९ रहेको छ भने लैंगिक अनुपात ७२.५३ रहेको छ । कुल घरधुरी संख्या १५,५१० रहेको छ । सरदर परिवार संख्या ३.८५ रहेको छ भने यसको सरदर साक्षरता ८३.१५ प्रतिशत रहेको छ । वागलुङ नगरमा जनस्वास्थ्य तर्फ १ अञ्चल अस्पताल, १० स्वास्थ्य चौकी, १ सामुदायिक स्वास्थ्यर् इकाई, ४ शहरी स्वास्थ्य केन्द्र, २ आर्युर्वेद औषधालयहरु र ३ वटा स्वास्थ्य चौकीमा वर्थिङ सेन्टरहरु समेत सरकारी तवरवाट सञ्चालित छन भने वजार क्षेत्रमा ३ वटा अस्पतालहरु र केहि क्लिनिकहरु निजिक्षेत्रवाट सञ्चालित छन । त्यसैगरी शिक्षा तर्फ १ आंगीक क्याम्पस, २२ मा.वि, १२ आधारभुत विद्यालय तथा ४९ प्रा.वि.हरु, १ वेद विद्याश्रम तथा २ मदरसा गरी जम्मा ८६ वटा सामुदायिक विद्यालयहरु सरकारी तवरवाट सञ्चालित छन् भने ३४ वटा संस्थागत विद्यालयहरु निजिक्षेत्रवाट सञ्चालित छन । त्यसै गरी विद्यालय तथा समुदायमा आधारित गरी जम्मा ८४ वटा वालविकास केन्द्रहरु सञ्चालनमा रहेका छन । पवित्र कालीगण्डकी नदी, प्रशिद्ध कालिका भगवती मन्दिर क्षेत्र, मालिका भगवती मन्दिर क्षेत्र, पञ्चकोट र्सवसिद्धि धाम -निर्माणाधिन) भैरवस्थान मन्दिर क्षेत्र, मनकामना तथा रानीभुमे मन्दिर क्षेत्र, सिगाना कोट मन्दिर क्षेत्र, कुंडुले लक्ष्मीनारायण मन्दिर क्षेत्र, वलेवा हवाई मैदान, वौर्डर्ेइ चौर भकुण्डे क्षेत्र, वराह ताल, निरयघाट तथा कैलाम पोखरी वागलुङ नगरका भौगोलिक तथा धार्मिक एवं साँस्कृतिक पर्यटकीय स्थलहरु हुन । व्राम्हण, क्षेत्री, मगर र दलित समुदाय तथा नेवार समुदायको मुख्य वसोवास रहेको यस क्षेत्रको कृषि, व्यापार, स्वदेशी तथा वैदेशिक रोजगारी मुख्य पेशा व्यवसायहरु हुन । बागलुङ नगरमा ऐतिहाँसिक सामरिक महत्वका ताराजलकोट, कारिकोट, माझकोट, राँयकोट र संसारकोट गरी ५ वटा कोटहरु रहेका छन् । यिनै पांचकोटको प्रतिनिधित्वको रुपमा वडा नं ६ पञ्चकोटमा स्वामी कमलनयनाचार्यज्यूको सक्रियतामा १०८ फिट अग्लो तामाको कलश, २१५५ के.जि.को विशाल घण्ट, अधिक क्षमताको सभाहल सहितका थुप्रै संरचनाहरु निर्माणाधिन अवस्थामा रहेकाछन यो कार्य पुरा भएपछि यसक्षेत्र अधिकाधिक आन्तरिक तथा वाहृय धार्मिक पर्यटकहरुको गन्तव्यस्थल हुने आशा र विश्वास गरिएको छ । त्यसतैगरी १५१ रोपनी क्षेत्रफलमा फैलिएको घनाजंगल भित्र अवस्थित धार्मिक तथा पर्यटकीय महत्वको कालिका भगवती मन्दिरमा प्रत्येक वर्षआश्विन शुक्ल पक्ष र चैत्र शुक्लपक्षको नवदर्गा अवधिमा भक्तजनहरुको ठुलो घुँइचो लाग्दछ भने चैत्र शुक्लपक्षमा कालिका मन्दिर परिसरमा चैते दशैं मेला लाग्दछ, त्यस अवसरमा लाखौ श्रद्धालु भक्तजनहरुको उपस्थिति रहन्छ । यस क्षेत्रसंगैं धौलागिरी अञ्चलका शहीदहरुको सम्झनामा निर्माण गरिएको -निर्माणाधिन) धौलागिरी शहीद स्मृति पार्क पनि रहेको छ । वडा नं- १२ मा अवस्थित भैरवस्थान मन्दिरमा नित्य पुजा गरिन्छ खासगरी मंगलवार र शनिवार विशेष पुजा आजा गरिन्छ , जुन समयमा हजारौं भक्तजनहरुको उपस्थिति रहन्छ ।

१.१. नगरको संक्षिप्त वस्तुगत विवरण दिर्घकालिन भिजन - "मध्यपहाडी व्यापारिक तथा पर्यटकीय शहर,सुन्दर समृद्ध सांस्कृतिक वागलुङ नगर"

- प्रशासनिक विभाजन - प्रदेश ं- ४ जिल्ला - बागलुङ संघीय निर्वाचन क्षेत्र नं. - १ - प्रदेश निर्वाचन क्षेत्र नं. १ स्थापना वर्ष- २०५३।१०।१८ विस्तारित वर्ष- २०७३।११।२७ - वडा संख्या - १४ वजार वडा संख्या - ४ ग्रामिण वडा संख्या - १० - कुल क्षेत्रफलः- ९८.०१ वर्ग कि.मि.

- समायोजित गा.वि.स.हरु - साविक कालिका गा.वि.स.  साविक मुलपानी गा.वि.स. साविक लहरेपिपल गा.वि.स.वाट वनेको साविक नगरमा साविक मालिका,वडा नं- ६ वहेकको सिगाना, तित्याङ, भकुण्डे, रायडाँडा, अमलाचौर, पैंयुपाटा, नारायणस्थान र पालाको उत्तरी खण्डमा रहेका वडा नं- ६,७,८,र ९

- नगर सिमाना र भौगोलिक अवस्थिति - पर्व- पर्वत जिल्ला कुश्मा न.पा. कालीगण्डकी  पश्चिमः- कांठेखोला गांउपालिका - उत्तरः- म्याग्दी ठुलो/ ढोडेनी खोला, वेनी न.पा.  दक्षिणः- जैमुनी न.पा.भण्डारे खोला  उचाई - समुन्द्री सतह देखि ७९५ मिटर -संखे ढुंगा) देखि करिव २१५० मिटर -संसारकोट) सम्म   नगरको सबै भन्दा अग्लो भुभाग - संसारकोट क्षेत्र २१५० मिटर  नगरको सबै भन्दा होचो भुभागः- काली गण्डकी तथा भण्डारे खोला किनार - संखेढुंगा ) ७९५ मिटर  वागलुङ वजार - ९४८ मि.को उचाईमा छ । - अक्षंाश - २८ डिग्री ११ मिनेट देखि २८ डिग्री २० मिनेट उत्तर - देशान्तर - ८३ डिग्री ३२ मिनेट देखि ८३ डिग्री ३८ मिनेट पूर्व

- जनगणना २०६८ अनुसार - कुल जनसंख्या - ५७,८२३   महिलाः- ३१३४३   पुरुष - २६४८० - लैगिंक अनुपात - ७२.५३   कुल घरधुरी संख्याः- १५,५१०  सरदर साक्षरता ८३.१५ प्रतिशत ;

 

Pages

poll

नगरपालिकाको काम कारबाहि तँपाईलाई कस्तो लाग्छ ?