विगत १४ वर्ष देखी अन्यौल अवस्थामा रहेको वागलुङ वसपार्क निर्माण कार्यलाइ मुर्तरुप दिनका लागि वागलुङ नगरपालिका र नगर विकास कोषका विच मिती २०७४।११।२५ मा लगानी सम्झौता भएको छ । यसै आ.व. देखी वा.न.पा. -४ स्थित दावगरामा वसपार्क निर्माण कार्य प्रकृया अगाडी वढाइनेछ ।
वागलुङ नगरपालिकाको पहलयुदमीमा नागरिक उड्ययन प्राधिकरणमा भएको निर्णय सहमतिका आधारमा नेपाल वायूसेवा निगम र तारा एयरवेज विच मिती २०७४।११।२३ मा दुवै पक्षिय सम्झौता गरी २७ वर्ष देखी अवरुद्द रहेको वागलुङ नगरपालिका वार्ड नं १४ स्थिती वलेवा विमानस्थल मिती २०७४।१२।०९ देखी संचालनमा ल्छयाइएको छ ।