समाचार
परिचय
नगरको संक्षिप्त परिचय बागलुङ जिल्लाको पुर्वि क्षेत्रमा कालीगण्डकी नदीको तटवर्तिर् इलाकामा रहेका तत्कालिन कालिका, मुलपानी र लहरेपिपल गा.वि.स.लाई समायोजन गरी पहिलो पटक २०५३ साल माघ १८ गते बागलुङ नगरपालिकाको घोषणा गरिएको थियो । २०५४ सालको स्थानीय निर्वाचनबाट यसको गठन भएको हो । तत्कालिन अवस्थामा ११ वडामा विभाजित वागलुङ नगरमा परिवर्तित संघीय संरचना अनुसार नेपाल सरकारको २०७३।११।२७ को निर्णयले साविक वागलुङ नगरका छिमेकी गा.वि.स. मालिका, वडा नं- ६ वाहेकको सिगाना, तित्याङ, भकुण्डे, रायडाँडा, अमलाचौर, पैंयुपाटा, नारायणस्थान र पालाको उत्तरी खण्ड वडा नं- ६,७,८ र ९ समावेश गरी नगरको क्षेत्र विस्तार गरी हाल वागलुङ नगरपालिका क्षेत्रलाई १४ वटा वडामा विभाजन गरिएको छ । वडा नं. १,२,३ र ४ मुख्य बजार क्षेत्रमा रहेका छन् भने धौलागिरीको एकमात्र वलेवा हवाई मैदान संगसंगै रहेको वडा नंं १४ नारायणस्थान, शहरी विकासका लागि पर्याप्त सम्भावना वोकेको क्षेत्र हो । वागलुङ नगर प्रदेश नं- ४ को दोश्रो ठुलो शहरी क्षेत्रको रुपमा रहेको छ । यो नगर भौगोलिक दृष्टिकोणले झण्डै झण्डै मध्य नेपालमा पर्ने पहाडी जिल्ला बागलुङको पूर्वी इलाकामा प्रसिद्ध कालीगण्डकीको तटमा अवस्थित छ । कालीगण्डकीको तटवर्तीर् इलाकामा धौलागिरी हिमालको छविछाँयामा २८ डिग्री ११ मिनेट देखि २८ डिग्री २० मिनेट उत्तरी अक्षांश र ८३ डिग्री ३२ मिनेट देखि ८३ डिग्री ३८ मिनेट पूर्वी देशान्तरमा ९८ डिग्री ०१ मिनेट वर्ग कि.मि. क्षेत्रफलमा रहेको बागलुङ नगरक्षेत्र " माछिचरन देखि डाफेचरन " सम्म फैलिएको छ । बागलुङ नगरपालिका समुन्द्री सतहवाट ७९५ मिटरदेखि करिव २,१५० मिटर सम्मको उचाईमा अवस्थित छ । हाल वागलुङ नगरको जनसंख्या ५७,८२३ छ जसमध्ये पुरुष २६४८० र महिला ३३३२९ रहेको छ भने लैंगिक अनुपात ७२.५३ रहेको छ । कुल घरधुरी संख्या १५,५१० रहेको छ । सरदर परिवार संख्या ३.८५ रहेको छ भने यसको सरदर साक्षरता ८३.१५ प्रतिशत रहेको छ । वागलुङ नगरमा जनस्वास्थ्य तर्फ १ अञ्चल अस्पताल, १० स्वास्थ्य चौकी, १ सामुदायिक स्वास्थ्यर् इकाई, ४ शहरी स्वास्थ्य केन्द्र, २ आर्युर्वेद औषधालयहरु र ३ वटा स्वास्थ्य चौकीमा वर्थिङ सेन्टरहरु समेत सरकारी तवरवाट सञ्चालित छन भने वजार क्षेत्रमा ३ वटा अस्पतालहरु र केहि क्लिनिकहरु निजिक्षेत्रवाट सञ्चालित छन । त्यसैगरी शिक्षा तर्फ १ आंगीक क्याम्पस, २२ मा.वि, १२ आधारभुत विद्यालय तथा ४९ प्रा.वि.हरु, १ वेद विद्याश्रम तथा २ मदरसा गरी जम्मा ८६ वटा सामुदायिक विद्यालयहरु सरकारी तवरवाट सञ्चालित छन् भने ३४ वटा संस्थागत विद्यालयहरु निजिक्षेत्रवाट सञ्चालित छन । त्यसै गरी विद्यालय तथा समुदायमा आधारित गरी जम्मा ८४ वटा वालविकास केन्द्रहरु सञ्चालनमा रहेका छन । पवित्र कालीगण्डकी नदी, प्रशिद्ध कालिका भगवती मन्दिर क्षेत्र, मालिका भगवती मन्दिर क्षेत्र, पञ्चकोट र्सवसिद्धि धाम -निर्माणाधिन) भैरवस्थान मन्दिर क्षेत्र, मनकामना तथा रानीभुमे मन्दिर क्षेत्र, सिगाना कोट मन्दिर क्षेत्र, कुंडुले लक्ष्मीनारायण मन्दिर क्षेत्र, वलेवा हवाई मैदान, वौर्डर्ेइ चौर भकुण्डे क्षेत्र, वराह ताल, निरयघाट तथा कैलाम पोखरी वागलुङ नगरका भौगोलिक तथा धार्मिक एवं साँस्कृतिक पर्यटकीय स्थलहरु हुन । व्राम्हण, क्षेत्री, मगर र दलित समुदाय तथा नेवार समुदायको मुख्य वसोवास रहेको यस क्षेत्रको कृषि, व्यापार, स्वदेशी तथा वैदेशिक रोजगारी मुख्य पेशा व्यवसायहरु हुन । बागलुङ नगरमा ऐतिहाँसिक सामरिक महत्वका ताराजलकोट, कारिकोट, माझकोट, राँयकोट र संसारकोट गरी ५ वटा कोटहरु रहेका छन् । यिनै पांचकोटको प्रतिनिधित्वको रुपमा वडा नं ६ पञ्चकोटमा स्वामी कमलनयनाचार्यज्यूको सक्रियतामा १०८ फिट अग्लो तामाको कलश, २१५५ के.जि.को विशाल घण्ट, अधिक क्षमताको सभाहल सहितका थुप्रै संरचनाहरु निर्माणाधिन अवस्थामा रहेकाछन यो कार्य पुरा भएपछि यसक्षेत्र अधिकाधिक आन्तरिक तथा वाहृय धार्मिक पर्यटकहरुको गन्तव्यस्थल हुने आशा र विश्वास गरिएको छ । त्यसतैगरी १५१ रोपनी क्षेत्रफलमा फैलिएको घनाजंगल भित्र अवस्थित धार्मिक तथा पर्यटकीय महत्वको कालिका भगवती मन्दिरमा प्रत्येक वर्षआश्विन शुक्ल पक्ष र चैत्र शुक्लपक्षको नवदर्गा अवधिमा भक्तजनहरुको ठुलो घुँइचो लाग्दछ भने चैत्र शुक्लपक्षमा कालिका मन्दिर परिसरमा चैते दशैं मेला लाग्दछ, त्यस अवसरमा लाखौ श्रद्धालु भक्तजनहरुको उपस्थिति रहन्छ । यस क्षेत्रसंगैं धौलागिरी अञ्चलका शहीदहरुको सम्झनामा निर्माण गरिएको -निर्माणाधिन) धौलागिरी शहीद स्मृति पार्क पनि रहेको छ । वडा नं- १२ मा अवस्थित भैरवस्थान मन्दिरमा नित्य पुजा गरिन्छ खासगरी मंगलवार र शनिवार विशेष पुजा आजा गरिन्छ , जुन समयमा हजारौं भक्तजनहरुको उपस्थिति रहन्छ ।
१.१. नगरको संक्षिप्त वस्तुगत विवरण दिर्घकालिन भिजन - "मध्यपहाडी व्यापारिक तथा पर्यटकीय शहर,सुन्दर समृद्ध सांस्कृतिक वागलुङ नगर"
- प्रशासनिक विभाजन - प्रदेश ं- ४ जिल्ला - बागलुङ संघीय निर्वाचन क्षेत्र नं. - १ - प्रदेश निर्वाचन क्षेत्र नं. १ स्थापना वर्ष- २०५३।१०।१८ विस्तारित वर्ष- २०७३।११।२७ - वडा संख्या - १४ वजार वडा संख्या - ४ ग्रामिण वडा संख्या - १० - कुल क्षेत्रफलः- ९८.०१ वर्ग कि.मि.
- समायोजित गा.वि.स.हरु - साविक कालिका गा.वि.स. साविक मुलपानी गा.वि.स. साविक लहरेपिपल गा.वि.स.वाट वनेको साविक नगरमा साविक मालिका,वडा नं- ६ वहेकको सिगाना, तित्याङ, भकुण्डे, रायडाँडा, अमलाचौर, पैंयुपाटा, नारायणस्थान र पालाको उत्तरी खण्डमा रहेका वडा नं- ६,७,८,र ९
- नगर सिमाना र भौगोलिक अवस्थिति - पर्व- पर्वत जिल्ला कुश्मा न.पा. कालीगण्डकी पश्चिमः- कांठेखोला गांउपालिका - उत्तरः- म्याग्दी ठुलो/ ढोडेनी खोला, वेनी न.पा. दक्षिणः- जैमुनी न.पा.भण्डारे खोला उचाई - समुन्द्री सतह देखि ७९५ मिटर -संखे ढुंगा) देखि करिव २१५० मिटर -संसारकोट) सम्म नगरको सबै भन्दा अग्लो भुभाग - संसारकोट क्षेत्र २१५० मिटर नगरको सबै भन्दा होचो भुभागः- काली गण्डकी तथा भण्डारे खोला किनार - संखेढुंगा ) ७९५ मिटर वागलुङ वजार - ९४८ मि.को उचाईमा छ । - अक्षंाश - २८ डिग्री ११ मिनेट देखि २८ डिग्री २० मिनेट उत्तर - देशान्तर - ८३ डिग्री ३२ मिनेट देखि ८३ डिग्री ३८ मिनेट पूर्व
- जनगणना २०६८ अनुसार - कुल जनसंख्या - ५७,८२३ महिलाः- ३१३४३ पुरुष - २६४८० - लैगिंक अनुपात - ७२.५३ कुल घरधुरी संख्याः- १५,५१० सरदर साक्षरता ८३.१५ प्रतिशत ;