FAQs Complain Problems

संक्षिप्त परिचय

बागलुङ जिल्लाको पूर्वि क्षेत्रबाट वग्ने पवित्र कालीगण्डकी नदीको तटवर्ति ईलाकामा रहेका तत्कालिन कालिका, मुलपानी र लहरेपिपल गा.वि.स.लाई समायोजन गरी २०५३ साल माघ १८ गते तत्कालिन नेपाल सरकारबाट बागलुङ नगरपालिकाको घोषणा भै २०५४ सालमा सम्पन्न स्थानीय निकायको निर्वाचनबाट यसको गठन भएको हो । स्थापना कालमा १९०२३ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको र ११ वटा वडामा विभाजन भएको यस नगरपालिका राज्यको पुर्नसंरचना पश्चात नेपाल सरकारको २०७३/११/२७ को निर्णय अनुसार छिमेकमा रहेका मालिका, तित्याङ, भकुण्डे, रायडाँडा, अमलाचौर, पैंयुपाटा, नारायणस्थान गाविसको पुरै भाग र सिगाना गाविसको वडा नं. ६ बाहेकको भाग तथा पाला गाविसको वडा नं. ६, ७, ८ र ९ समावेश गरी १४ वटा वडा सहितको हालको नगरपालिका घोषणा गरिएको हो ।

यस नगरपालिकाका वडा नं. १, २, ३ र ४ मुख्य बजार क्षेत्रमा रहेका छन् भने धौलागिरीको एकमात्र वलेवा हवाई मैदानसंगसंगै रहेको वडा नं. १४ (साविकको नारायणस्थान गाविस) शहरी विकासका लागि पर्याप्त सम्भावना बोकेको क्षेत्र हो । बागलुङ नगर गण्डकी प्रदेशको दोस्रो ठूलो शहरी क्षेत्रको रुपमा रहेको छ । यो नगर भौगोलिक दृष्टिकोणले झण्डै झण्डै मध्य नेपालमा पर्ने पहाडी जिल्ला बागलुङको पूर्वी इलाकामा अवस्थित छ । कालीगण्डकीको तटवर्ती इलाकामा धौलागिरी हिमालको छविछाँयामा २८ डिग्री १६ मिनेट देखि २८ डिग्री २७ मिनेट उत्तरी अक्षांश र ८३ डिग्री ३५ मिनेट देखि ८३ डिग्री ५८ मिनेट पूर्वी देशान्तरमा ९८ दशमलव ०१  वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ । २०७८ को जनगणना अनुसार यस नगरपालिकामा १२९२४ घर संख्या, १६३९९ परिवार संख्या रहेका छन भने पूरुष २६५८८ र महिला ३०४४२ गरी जम्मा ५७०३० जनसंख्या रहेको तथ्याङ्कमा देखिएको छ ।

धार्मिक पर्यटकीय क्षेत्रको रुपमा परिचित यस नगरको वडा नं. १ मा अवस्थित प्रसिद्ध कालिका भगवती मन्दीर वडा नं. ६ मा अवस्थित पञ्चकोट, वडा नं. ४ मा रहेको सालिकग्राम संग्रालय, वडा नं. १२ मा रहेको भैरवस्थान लगाएतका मठ मन्दीर लाखौ श्रद्धाजु भक्तजनहरुको आस्थाको केन्द्र रहदै आएका छन । यसैगरी बागलुङ नगरपालिका वडा नं. १ र कुश्मा नगरपालिका वडा नं. १ जोडने एसियाको सवैभन्दा लामो झोलुङ्गे पुल (लम्वाई ५६७ मि.), बागलुङ नगरपालिका वडा नं. १४ र कुश्मा नगरपालिका जोडने पन्जी पुल, वन्जी जम्प, स्काई साईक्लिनिङ, वराह ताल, कोटघरहरु यस क्षेत्रका मुख्य पर्यटकीय गन्तव्य रहेका छन ।

 

 

poll

नगरपालिकाको काम कारबाहि तँपाईलाई कस्तो लाग्छ ?