FAQs Complain Problems

समाचार

Pages

शुभकामना अादान प्रदान तथा चियापान कार्यक्रम

विजया दशमि दिपावली नेपाल सम्वत छठ लगायतका २०७४  का समस्त पर्वहरुका पावन अवसरमा वागलुङ नगरपालिकाकाे अायाेजनामा अायाेजित शुभकामना तथा चियापान कार्यक्रम सम्पन्न भयाे ।  २०७४ साल असाेज १२ गतेका दिन वागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पाैडेलज्यूकाे अध्यक्षतामा अायाेजित उक्त कार्यक्रममा माननीय सहकारी तथा गरििव निवारण राज्य मन्त्री चम्पादेवी खड्काज्यू माननीय व्यवस्थापिका स‌ंसदका सदस्य नर वहादुर थापाज्यू  प्रमुख जिल्ला अधिकारीज्यू नगर उपप्रमुखज्यू राजनैतिक दलका प्रमुख एवं प्रतिनिधिहरु छिमेकी स्थानीय तहका प्रमुख एवं प्रतिनिधिहरु सुरक्षा निकायका प्रमुखहरु नगरका सवै वडाका वडा अध्यक्षहरु वडा सदस्यहरु  विभिन्न कार्यालयका प्रमुखहरु र कर्मचारीहरु विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरु समाजसेवी तथा उद्ध्याेगी व्यवसायीहरु पत्रकार एवं सञ्चारकर्मिहरु र अाम नगरवासीहरुकाे उपस्थिति रहेकाे थियाे । साे अवसरमा नगर प्रमुख जनकराज पाैडेलज्यूले समस्त चाड पर्वहरुकाे सुखद उपलक्षमा अामन्त्रित उपस्थित सवैमा सुख शान्ती समृद्धि सुस्वास्थ्य र दिर्घ जीवनकाे हार्दिक शुभकामना प्रकट गर्नु भएकाे थियाे भने सवै सवैवाट एक अापसमा शुभकामना साटासाट गरिएकाे थियाे ।

poll

नगरपालिकाको काम कारबाहि तँपाईलाई कस्तो लाग्छ ?