FAQs Complain Problems

समाचार

Pages

अनुगमन टाेलीद्वारा वजार अनुगमन

वागलुङ नगरपालिकावाट स्वीकृत वजार अनुगमन निर्देशिका २०७४ वमोजिम मिति २०७४।५।१८ र १९   गतेका दिन नगरको वजार स्थित २७ वटा औषधि पसलहरुको अनुगमन गरिएको छ । अनुगमनका क्रममा केही औषधि पसलहरुको अनुमतिको म्याद समाप्त भएको, केही औषधि पसलहरुमा औषधि विक्रि वितरणका लागि तोकिएको दक्ष जनशक्ति नभएको, केही पसलहरुमा लागू औषधिको अभिलेख दुरुस्त नभएको, केही पसलहरुमा विक्रि विल जारी गर्ने कार्य नियमित नभएको, केही पसलहरू नगरपालिकामा दर्ता नभएको र अधिकांश औषधि  पसलहरुले विना अनुमति क्लिनिक सञ्चालन गर्ने गरेको पाईएको छ । उपरोक्तानुसारका कमजोरीहरु सुधार गर्न भनी अनुगमनकै समयमा लिखित निर्देशन दिईएको छ । अनुगमनका क्रममा वागलुङ नगरपालिकाका वजार अनुगमन अधिकृत, जिल्ला प्रशासन, जिल्ला प्रहरी,उद्धोग वाणिज्य संघ, उपभोक्ता मन्च तथा आमसञ्चार माध्यमका प्रतिनिधिहरु र विषय विज्ञको रुपमा क्षेत्रिय अस्पतालका असिष्टेण्ट फर्मासिष्टको सहभागिता रहेको थियो ।

poll

नगरपालिकाको काम कारबाहि तँपाईलाई कस्तो लाग्छ ?