नगरपालिकाको उद्देश्य

मध्यपहाडी व्यापारीक तथा पर्यटकिय शहर" | "सुन्दर समृद्ध सांस्कृतिक बागलुङ नगर"

राज्य मन्त्री चम्पादेवी खड्कालाई स्वागत

मिति २०७४ साल भाद्र ११ गते 

           नेपाल सरकार सहकारी तथा गरिवि निवारण राज्य मन्त्री माननिय चम्पादेवि खड्कालाई बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले स्वागत तथा सम्मान गर्नुभएको छ । स्वागत कार्यक्रममा नगर उपप्रमुख सुरेन्द्र खड्का ,कार्यकारि अधिकृत सुबास कुमार लामिछाने ,वडा अध्क्षहरु ,नपाका कर्माचारीहरुको उपस्थिति रहेको थियो । उक्त अवसरमा नगर प्रमुखले नगर र जिल्ला वासिहरुको हितमा चाहिने मन्त्रीज्युका जनसुकै कदममा नगरपालिकाको साथ र सहयोग रहने कुरा बताउनु भयो । साेहि अवसरमा नेपाल सरकारवाट नगरकाे ढल निकासका लागी एक कराेड साठी लाख र सिटिहल निर्माणका लागि साठीलाख रुपैया चालु अा‍‍‌ व मा विनियाेजन भएकाे पनि जानकारि गराउदै तत्काल कार्यान्वयनकाे पक्षमा जाेड दिनु भएकाे थियाे । नवनियुक्त राज्य मन्त्री खड्काले नगरको समृद्धिमा हर सम्मका प्रयास गर्ने कुरा बताउदै वागलुङ नगरको ढल निकास र नगर सभा हल निर्माण जस्ता कार्यहरुकाे अत्यन्तै आवश्यकता रहेकाेले ति कार्यहरुकाे निर्माण कार्य सम्पन्न नहुदासम्म केन्द्र सरकारवाट वजेट विनियाेजन गराउने पक्षमा जाेड दिने कुरा वताउनु भएकाे थियाे । राज्य मन्त्रीकाे स्वागत तथा सम्मानका लागि वागलुङ नगरपालिकावाट अायाेजित उक्त कार्यक्रममा नगर उप प्रमुख सुरेन्द्र खड्काले स्वागत मन्तव्य राख्दै कार्य सफलताकाे शुभकामना दिनु भएकाे थियाे भने  कार्यकारी अधिकृत सुवास कुमार लामिछानेले कार्यक्रमकाे सञ्चालन गर्नु भएकाे थियाे ।